कालोबजारी र अखाद्य बस्तु मिसावट रोक्न सांसद रानाद्धारा सरकारको ध्यानार्कषण

कालोबजारी र अखाद्य बस्तु मिसावट रोक्न सांसद रानाद्धारा सरकारको ध्यानार्कषण

काठमाडौँ –   प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले दशै तिहारको अवसरमा कालोबजारी अखाद्य बस्तु मिसावट गरेर विक्रि वितरण नगर्न अनुरोध गर्नुभएको छ ।

संसदको शून्य समयमा बोल्दै उहाँले चाडपर्वको अवसरमा खाद्य र गैर खाद्य बस्तुको कृत्रिम अभाव सिर्जना गरेर अस्भाविक मूल्य वृद्धि र कालोबजारी हुने भएकाले यस्लाइ रोक्नको लागि सरकारको ध्यानार्कषण गराउनुभएको हो । विगत जस्तै सहूलियत दिने र अर्कोतिर विगत जस्तै सामान महङ्गीले आकाशिने कुरा स्मरण गराउन चाहन्छु । 

"आउँदै गरेको चाडपर्वको अवसरमा उच्च माग हुने खाद्य तथा गैर खाद्य बस्तुहरुको कृत्रिम अभाव सिर्जना गरेर अस्वभाविक मूल्य वृद्धि कालोबजारी अखाद्य बस्तु मिसावट गरी गुणस्तरीय बस्तु विक्रि बितरण नगर्न सम्पुर्ण उद्योगी व्यवसायिहरुलाई अनुरोध गर्नुभएको छ । यो विषयमा सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यात्राको क्रममा नागरिकले ठुलो सास्ती खेप्नुपरेको छ," उहाँले भन्नुभयो  ।

प्रतिक्रिया