गाेरुले हानेर ज्यान गयाे

गाेरुले हानेर ज्यान गयाे
सुन्नुहोस्

दैलेख - गाेरुले हानेर एक जनाकाे ज्यान गएको छ । भैरबी गाउँपालिका-३ कुराँहका ५२ वर्षीय रञ्जीत कामीलाई बारी जाेतेर जुवाली खाेल्दा गाेरूले हानेर साेमबार ज्यान गएकाे प्रहरीले जनाएकाे हाे ।

बारी जाेतिसकेर जुवाली खाेल्ने बित्तिकै गाेरूले रञ्जीतलाई तल्लो गडामा फालेकाे र  तल्लाे गडामा पुगेर गाेरुले फेरि सिंगले टाउकोमा पटकपटक हानेपछि घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी किशाेर लम्सालले जानकारी दिनुभयाे ।

प्रतिक्रिया