‘ठूलो ओख्ती’ खाएर एक जनाको मृत्यू, दुईकाे स्वास्थ्य गम्भीर

‘ठूलो ओख्ती’ खाएर एक जनाको मृत्यू, दुईकाे स्वास्थ्य गम्भीर
सुन्नुहोस्

दैलेख –‘ठूलो ओख्ती’ नामले चिनिएको पहिचान नभएको विष खाएर एक जनाको मृत्यू भएको छ भने दुई जना बिरामी परेका छन् । भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम बिकको बुधबार विहान मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिनुभयो । 

दुई दिन अघिदेखि ज्वरोले थला परेकाहरुलाई ज्वरो घटाउने भनी गएराति घरमै राखिएको ठूलो ओखती भन्ने गरिएको पहिचान नभएको विष खाएर नर्तमको ज्यानुसंगै अरु दुई जना ६१ वर्षका धने कामी र १२ वर्षीय बालक रमेश बिक स्वास्थ्य अवस्था गम्भीर भएको दैलेख अस्पतालका डा. निमेश भूसालले बताउनुभयो । 

स्वास्थ्य अवस्था गम्भीर भएका धने कामी र रमेश बिक

स्वास्थ्य अवस्था गम्भीर भएका दुई जनालाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिनुभयो । 

यस्तै बुधबार विहान बनमा दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिला अरिंगालले टोकेर सख्त बिरामी परेका छन् । लोसे सामुदायिक बनमा दाउरा काट्दै गर्दा २५ वर्षीया मञ्जू सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गंगा सुनारलाई अरिंगालले टोकेको हाे ।

मञ्जूकाे दैलेख अस्पतालमा उपचार भइरहेको छ  भने अरू दुई जना स्थानीय मेडिकलमा उपचार भइरहेकाे महाबु गाउँपालिका–१ का वडाध्यक्ष सर्वराज नेपालीले जानकारी दिनुभयाे । 


 

प्रतिक्रिया