एमाले जुम्लाका उपाध्यक्षविरुद्ध बालयौन दुर्व्यवहारको आरोप

एमाले जुम्लाका उपाध्यक्षविरुद्ध बालयौन दुर्व्यवहारको आरोप

सुर्खेत –   नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ । शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अडियोमा उनले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको सुनिन्छ । उक्त विषय यतिबेला प्रहरी समक्ष पुगेको छ । शाहीविरुद्ध १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको जुम्ला प्रहरीले जनाएको छ ।

मंगलबार दर्ता भएको जाहेरीका आधारमा बालबालिका विरुद्धको कसुरमा प्रहरीले आवश्यक कारबाही प्रारम्भ गरेको छ । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार उक्त विषयबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया