अहिलेको सरकार असफल भइसक्यो : अध्यक्ष ओली

अहिलेको सरकार असफल भइसक्यो : अध्यक्ष ओली

जनकपुरधाम –  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको दाबी गर्नुभएको छ । 

बुधबार एमाले मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्न जनकपुरधाम आएका उनले प्रचण्ड नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको दाबी गर्नुभएको हो  । 

उहाँले भन्नुभयो, सरकार कहिले ढल्छ त्यो अहिले चर्चा नगरौँ । तर यो रहने सरकार भने होइन ।  अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्नुअघि जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालय मिथिला भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

एमाले अधिवेशनले मधेस प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ । एमाले पहिलो पटक प्रदेश स्तरीय अधिवेशन गर्न लागेको हो । बुधबारदेखि सुरु हुने अधिवेशन दुई दिन चल्नेछ ।

प्रतिक्रिया