किसानलाई क्षतिपूर्ति दिन प्रदेश सरकारले छुट्यायो ६ करोड
हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख

सुर्खेत – कर्णाली प्रदेश सरकारले भदौ र असोजमा परेको वर्षा र हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट क्षती बेहोरेका किसानहरुलाई राहत प्रदान गर्न ६ करोड रुपैयाँ छुट्याएको छ । प्राकृतिक प्रकोपले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बालीनाली तथा पशुपन्छीको क्षति भएको थियो ।
कर्णाली प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार बुधबारकै बैठकले नेपाल बार एशोसियनको बार्षिक साधारण सभाका लागि १५ लाख अनुदान दिने निर्णय पनि गरेको छ ।
कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई तीन लाख प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया