हमासको आक्रमणमा परी घाइते २ जना विद्यार्थी डिस्चार्ज
काठमाडौँ – हमासको आक्रमणमा परी घाइते भएका २ जना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन् । आक्रमणमा परी घाइते भएका ४ जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको सरकारले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उपचाररत चार जनामध्ये २ जना उपचारपछि डिस्चार्ज भएको बताउनुभयो । अब २ जनाको मात्रै उपचार भइरहेको उहाँको भनाइ छ ।
घाइतेहरूको उपचारका लागि समेत नेपाल सरकार र इजरायल सरकार गम्भीर भएर लागिरहेको उहाँको भनाई छ । शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी ४ जना नेपाली विद्यार्थी घाइते भएका थिए ।
प्रतिक्रिया