गुराँस बन्यो अनिवार्य शिक्षा सुनिश्चित भएको पालिका घोषणा

गुराँस बन्यो अनिवार्य शिक्षा सुनिश्चित भएको पालिका घोषणा तस्बिर : फरक बाटो

सुर्खेत –    गुराँस गाउँपालिका दैलेखले आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गरेको छ । “समयमै भर्ना समयमै ज्ञान,गुणस्तरिय शिक्षा सबैको अभियान” भन्ने मुल नाराका साथ  घोषणा गरेको हो । 

आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको पालिका घोषणा गर्नेमा गुराँस गाउँपालिका कर्णालीका ७९ वटा स्थानिय तहमा पाँचौ स्थानमा पर्छ भने दैलेख जिल्लाका ११ वटा स्थानिय तहमा पहिलो स्थानमा पर्छ ।

जाजरकोट जिल्लाको कुशे गाउँपालिका, छेडागाड नगरपालिका, कालिकोट जिल्लाका तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाले यसअघि आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको पालिका घोषणा गरिसकेका छन् ।

गाउँपालिकाको आयोजना तथा सेभ द चिल्डे«न र सोसेक नेपालको सहकार्यमा आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलको रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उहाँले शिक्षा क्षेत्रमा काम गर्नेहरुले जागीर भन्दा पनि विद्यार्थीको भविष्य हेरेर काम गर्नुपर्ने बताउनुभयो । शिक्षकले कतीबेला चारबज्ला भन्नुभन्दा पनि मेरो विद्यार्थीको भविष्य कस्तो बनाउने भन्ने विषयमा चिन्ता गर्नुपर्ने धारणा राख्नुभयो  ।

सामुदायिक शिक्षकहरुले आफ्ना छोराछोरी निजि विद्यालयमा हालेर आँफुले तलबका लागि मात्रै काम गर्ने मनस्थिती नगराई विद्यार्थीको राम्रो भविष्यको लागि काम गर्न आग्रह गर्नुभयो  ।

गुराँस गाउँपालिका आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गर्नेमा कर्णालीमा पाँचौ र दैलेख जिल्लाको सन्दर्भमा पहिलो हुन सफल भएकोमा मन्त्री पोख्रेलले बधाई समेत दिनुभयो  ।

चुनौतिका बाबजुद पनि आँफुहरुले गुराँस गाउँपालिकालाई आधारभुत तहमा शत–प्रतिशत भर्ना र अनिवार्य शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गर्न सफल भएको  गुराँस गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष  टोपबहादुर वि.सीले बताउनुभयो ।   साथै उहाँले यस कार्यमा सहयोग गर्ने सम्पुर्ण संघसंस्था , निकाय तथा व्यक्तिहरुलाई धन्यबाद समेत दिनुभयो  ।

'अब गुराँसका कुनैपनि ४ वर्षदेखी १२ वर्ष सम्मका बालबालिकाहरु विद्यालय बाहिर नहुने प्रतिवद्धता व्यक्त गर्दछु',उहाँले भन्नुभयो  ।

गुराँसका बालबालिकाहरु विद्यालय बाहिर नहुने र अपवादमा विद्यालय बाहिर भए विद्यालयको पहुँचमा पु¥याउनका लागि पहल गर्ने गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले  बताउनुभयो ।

प्रतिक्रिया