बालिका दिवस : निर्भयको वातावरण आवश्यक

बालिका दिवस : निर्भयको वातावरण आवश्यक
सुन्नुहोस्

दैलेख - सामाजिक कुचलन, सरकारको बेवास्ता र उचित वातावरणको अभावमा बालिकाहरुले हिंसा, शोषण, दमन, उत्पीडन र उपेक्षा भोग्दै आएका छन् । बाल अधिकार महासन्धी, नेपालको संविधान, बालबालिका सम्वन्धी ऐनले बालिकाहरुका लागि विशेष कार्यक्रमहरु बनाउन सोसेक नेपालले सरकारका निकायहरुको ध्यानाकर्षण गराएको छ । 

हरेक वर्ष अक्टुबर ११ तारिकका दिन मनाइने अन्तरराष्ट्रिय बालिका दिवस अवसरमा सोसेक नेपालले जारी गरेको एक प्रेस विज्ञप्तीमा नीति बनाउने ठाउँमा बालबालिकाको प्रतिनिधित्व गर्ने प्रणालीको विकास नभएको कारण बालबालिका लक्षित कार्यक्रमहरु प्राथमिकता नपरेका भन्दै असन्तुष्टी जनाइएको छ ।  

सोेसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जारी गर्नुभएको विज्ञप्तीमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले बालबालिकाका क्षेत्रमा बिनियोजन गरिएका योजनाहरु बालिकाको सुरक्षा, सहयोग र संरक्षणमा चासो नदिइएका भन्दै समस्या दर्शाइएको छ । 

बालिकाहरुलाई बालविवाह, छाउपडीप्रथा, घरेलु हिंसा, बलात्कार तथा यौनजन्य दुव्र्यवहारबाट जोगाउनुसंगै शिक्षा, स्वास्थ्य लगायत उचित वातावरण दिई निर्भयपूवर्क वैयत्तिक जीवन निर्वाह गर्दै देशको असल नागरिक बन्ने सहज बनाउन सबै क्षेत्रबाट सहयोग पु¥याउन सोसेक नेपालले विज्ञप्तीमा अपिल गरेको छ । 

नेपालमा सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको हो । यस यक्रममा अन्तरराष्ट्रिय बालिका दिवस अवसरमा वर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ रहेको छ । 


 

प्रतिक्रिया