पीडित सहायता कक्ष स्थापनासंगै ट्राफिक नियमका सचेतना

पीडित सहायता कक्ष स्थापनासंगै ट्राफिक नियमका सचेतना

दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले पीडितहरुको सुरक्षा र न्यायमा पहुँच अभिबृद्धि गर्न पीडित सहायता कक्ष स्थापना गरेको छ । कमजोर वर्गले आफूलाई परेको मर्का र अन्याय बारे सहजै भन्ने अनि सुरक्षा र सहायता प्रहरीले सहजीकरण गरिदिन पीडित सहायता कक्ष स्थापना गरेको हो । 

जिल्लाका जनप्रतिनिधि, सरकारका निकाय र सरोकारवालाहरुको व्यापक सहभागितामा सदरमुकाम दैलेख बजारको गणेशचोकबाट प्रभातफेरी गरी जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर पीडित सहायता कक्ष स्थापनाको औचित्य बारे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी किशोर लम्सालले प्रष्ट्याउनुभयो । 

पुरुष प्रधान सामाजिक वातावरण, पुरातन कुसंस्कार, विभेद, असानता र शोषण दमनको रबैयाले महिला, दलित, जनजाति र यस्तै असहता भएकाहरुले न्यायमा सहजै पहुँच अभिवृद्धि गर्न पीडित सहायता कक्ष स्थापना गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालालाले बताउनुभयो । 

पीडित सहायता कक्ष स्थापनासंगै जिल्ला प्रहरी कार्यालय दैलेखले ट्राफिक नियमका सचेतना तथा यातायात व्यवस्थान विषयमा समेत चासो लिएको बताइएको छ । ट्राफिक नियमका सचेतना काममा विद्यालयका बालबालिकाहरुलाई पहिले प्रशिक्षित गरी उनीहरुलाई परिचालन गरिने बताइएको छ । 


 

प्रतिक्रिया