ठाटीकाँध मा महिलाहरुका लागि स्वास्थ्य परिक्षण शिविर सम्पन्न

ठाटीकाँध मा महिलाहरुका लागि  स्वास्थ्य परिक्षण  शिविर सम्पन्न

ठाटीकाँध – ठाटीकाँध दैलेखको ठाटीकाँध गाउँपालिमा महिलाहरुका लागि स्वास्थ्य परिक्षण  शिविर सम्पन्न भएको छ । ठाटीकाँध गाउाँपालिका वडा नम्बर -१,२ र ६ मा महिलाहरुको आङ खस्ने समस्याको जाँच तथा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । 

ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालन भएको शिविरमा १५० जनाले निशुल्क सेवा लिएका छन् ।  भने एकजना संकास्पद बिरामी भेटिएको बताइएको छ ।

त्यस्तै ७ जना आङ खसेका मध्य तीन जनालाई रिङ प्रेसरी राखिएको छ । तीन जना रेफर गरिएको र एक जनालाई शारिरिक ब्याम गर्न सिकाइएको बताइएको छ । 

प्रतिक्रिया