लागूऔषध न्यूनीकरण गर्न कर्णालीमा लालटिन अभियानको शुभारम्भ

लागूऔषध न्यूनीकरण गर्न कर्णालीमा लालटिन अभियानको शुभारम्भ

लागूऔषध न्यूनीकरण गर्न कर्णालीमा लालटिन अभियान

सुर्खेत । कर्णाली प्रदेशमा लागूऔषध न्यूनीकरण गर्न लालटिन अभियानको सुभारम्भ गरिएको छ ।  पछिल्लो समय बढ्दै गएको लागूऔषधलाई न्यूनीकरण गर्न लालटिन अभियानको शुभारम्भ गरिएको हो ।
बिहिवार सुर्खेतमा आज मंगलबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का र कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालले सयुक्त रुपमा लालटिन बालेर यो अभियानको शुभारम्भ गर्नुभएको हो  ।

लागू औषधका कारण घर, समाज र सिङ्गो राष्ट्रलाई असर र्पुयाइरहेको बताउँदै उपप्रधानमन्त्री खड्काले सिङ्गो समाज यसकाविरुद्ध एकजुट हुनुपर्ने बताउनुभयो  ।

सबैको साझा सङ्कल्प र प्रयत्नबाट लागू औषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, घर, समाज र राष्ट्रलाई लागुऔषध मुक्त बनाउनका लागि सबैले सङ्कल्प गर्नु आवश्यक छ ।”

खड्काले सीमा नाकामा हुने लागु औषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक सङ्घ–संस्थाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो  । “सीमाबाट हुने लागु औषध नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयोे, “यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।”
खड्काले लागू औषधको दुव्र्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको बताउँदै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको बताउनुभयो ।

कर्णालीबाट पहिको पटक लागूऔषध न्यूनीकरण गर्नका लागि थालनी गरिएको लालटिन अभियान अन्य प्रदेशमा पनि उदाहरणिय र कर्णालीको लागूऔषध न्यूनीकरणमा महत्वपुर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।

यस्तै कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालले कर्णाली प्रहरीले थालनी गरेको यस अभियानलाई सफल बनाउन सबैले सहयोग गर्न अपिल गर्दै आजैबाट लागूऔषध न्यूनीकरणको अभियान सुरुवात भएको बताउनुभयो  ।


 

प्रतिक्रिया