लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ती नगरपालिका-८ बस्ने २६ बर्षका खगेन्द्र सारु रहेका छन् ।
लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोली र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जना प्रहरी टोलीले वीरेन्द्रनगर -१० बाट पक्राउ गरेको हो ।
सारुको साथमा लुकाई छिपाई राखेको नाप तौल नगरेको १५ ९पन्ध्र० पुडिया लागूऔषध ब्राउन सुगर खैरो धुलो पदार्थ सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सुर्खेतमा ल्याई राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय जनाएको छ ।
प्रतिक्रिया