सल्यानका विद्यार्थी जीवनपयोगी सीप सिक्दै

सल्यानका विद्यार्थी जीवनपयोगी सीप सिक्दै

सल्यान -  सल्यानको एक विद्यालयका विद्यार्थीहरु शैक्षिक ज्ञानसँँगै जीवनउपयोगी सीप सिक्दै आएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ५ स्थित जीवनज्योति माध्यमिक विद्यालय रिमका विद्यार्थीहरुले विद्यालयमा किताबी ज्ञानमात्र आर्जन गर्दैनन् व्यवहारिक सीप पनि सिक्न थालेका हुन । 

विद्यार्थीहरुलाई शैक्षिक ज्ञान प्रदान गर्दै विद्यालयले साप्ताहिक रुपमा जीवनपयोगी सीप सिकाउन थालेको हो । अहिले विद्यार्थीहरु दियो बाल्न प्रयोग हुने बत्ति, दुना टपरी, काठ, माटो र कपडाबाट विभिन्न शैक्षिक सामाग्री लगायतका सीप सिक्दै आएका छन् । 

विद्यार्थीहरुलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाई पनि आवश्यक छ । पढ्न लेख्ने जान्ने तर घरायसी काम नजान्ने समस्या छ । पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नु पर्छ, सीप सिक्नु पर्दछ भन्ने मान्यताका साथ सीप सिकाइलाई प्राथमिकता दिएको शिक्षक अमृत शर्माले बताउनुभयो ।

कक्षा १० का साधारण र प्राविधिक धारका ७१ जना विद्यार्थीलाई कपासको भुवाबाट वत्तिकात्ने सिप सिकाइएको उहाँको भनाई छ । उहाँले भन्नुभयो परम्परागत हाम्रा मुल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षाअनुसार वत्तिकात्ने सम्वन्धि सिप विद्यार्थीलाई नभएकाले यसो गरिएको हो जसमा विद्यार्थीले तीन सुते,पाँचसुते,सात सुते र नौ सुते वत्ति कात्न सिकेका छन् । 

कक्षा १० मा अध्ययनरत विद्यार्थी मनिषा साहुले भन्नु भयो हामी  बजारबाट निर्माण गरेका बत्ति प्रयोग गर्छौ अव आफैले सिकेको ज्ञानलाई दैनिक घरमा प्रयोगमा ल्याउछु ।  पवित्रा वलीले दाङको तुलसीपुर बजारबाट बत्ति किनेर प्रयोग गरेको बताउदै अव कपास किनेर आफै निर्माण गर्ने र अरूलाई घरमा नि सिकाउने बताउनुभयो ।

प्रतिक्रिया