शैक्षिक गुणस्तरको लागि शिक्षकहरूलाई दिवा खाजा

शैक्षिक गुणस्तरको लागि शिक्षकहरूलाई दिवा खाजा

मुगु–   मुगुको सोरु गाउँपालिकाले शिक्षामा पहुँच कार्यक्रमअन्तरगत शैक्षिक गुणस्तरको लागि भन्दै शिक्षकहरूलाई दिवा खाजा खर्च दिन थालेको छ । 

चालु आर्थिक वर्ष ०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रमबाट शिक्षकको लागि दिवाखाजा पास गरी कार्यन्वयनको क्रममा रहेको गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो  । 

सरकारले विद्यार्थीहरूको खाजाको लागि १५ रुपैयाँ व्यवस्गा गरेको छ तर सोरु गाउँपालिकाले शिक्षकहरूलाई खाजाखर्चबापत दैनिक १०० रुपैयाँ दिन थालेको हो । गाउँपालिकामा ८ वटा मावि र ३१ वटा आधारभूत गरी ३९ विद्यालय सञ्चालित छन् । 

प्रतिक्रिया