मूल्य शृङ्खला विश्लेषण सम्बन्धी तिन दिने तालिम सम्पन्न

मूल्य शृङ्खला विश्लेषण सम्बन्धी तिन दिने तालिम सम्पन्न

सुर्खेत  –   सुर्खेतको वीरेन्द्रनगरमा कृषि बस्तु मूल्य शृङ्खला विश्लेषण सम्बन्धी तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । डिसिय नेपालको साझेदारी ली–बर्ड र सोसेक नेपालको आयोजनामा तिन दिने तालिम सम्पन्न भएको हो ।

 असोज २४ देखि २६ गतेसम्म सन्चालन भएको तालिम शुक्रवार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरि प्रसाद घिमिरेले थोरै उत्पादनले बढी मूल्य पाउने उत्पादनका रुपमा बेच्न सकिने बताउनुभयो । 

तालिममा सिकेका कुराहरुलाइ व्यवहारतः लागु गर्दै अरुलाइ पनि बाड्न सक्यो भन्यो अझै प्रभावकारी हुने सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताउनुभयो । अहिले मूख्य दुइ किसिमका कामहरु गर्नुपर्छ,” उहाँले भन्नुभयो,“पहिलो कुरा लोपोन्मुख अवस्थामा रहेका रैथाने बालीको संरक्षण गर्दै लैजानुपर्छ । दोस्रो  बादर र बदेल आतंक अत्यधिक भएकाले बादर बदेलले नखाने बाली लगानुपर्छ । अर्को उपाय जंगलमा विभिन्न फलफुलका बिरुवा लगाउनुपर्छ ।”

अहिलेको समयमा पुरानो रैथाने अर्गानीक बाली लोपोन्मुख अवस्थामा छन् र हामीहरु हाइब्रिड तिर गैरहेको छौँ अब त्यतातिर छोडेर रैथाने बालीको उत्पादन प्रबद्र्धन उपभोग गर्नुपर्ने थापाले बताउनुभयो  । 

हाम्रो परियोजना र नेपाल सरकार सम्पुर्णलाई नाफा हुने गरी काम गर्नुपर्ने तीन दिने तालिमका प्रशिक्षक सुमन शेखर मानन्धरले बताउनुभयो । “हामीले समस्या पहिचान गरेर अगाडि बढ्ने हो भने हाम्रो उत्पादन निर्यात गर्न सक्छौँ,”उहाँले भन्नुभयो, “माटो देखि उपभोक्ता सम्मको शृङ्खलालाइ कहाँ नेर समस्या आउँछ र के गर्नुपर्छ भन्ने कुरा समाधान गर्नु नै मुख्य् कुरा हो ।” 

बस्तु कुनै न कुनै तरिकाले उपभोक्ता देखि  स्थानीय सरकार प्रदेश र संघ  सबै सरकारले के गर्नुपर्छ भन्ने कुरा बिश्लेषण गरेर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । 

सुर्खेतको वीरेन्द्रनगरमा यहि असोज २४ गते देखि २६ गतेसम्म भएको तीन दिने प्रशिक्षक प्रशिक्षण तालिममा २१ जनाको सहभागिता रहेको थियो ।

तीन दिने तालिमको सहजिकरण सुमन शेखर मानन्धरले गर्नुभएको थियो । भने समापन कार्यक्रमको सहजिकरण सोसेक नेपालका मिल अधिकृत पुष्कर प्रसाद शर्माले गर्नुभएको थियो । 

प्रतिक्रिया