भैरवीमा बसाइँसराइ न्यूनीकरण गर्न स्थानीय तहको भुमिकाबारे अन्तक्रिया कार्यक्रम

भैरवीमा बसाइँसराइ न्यूनीकरण गर्न स्थानीय तहको भुमिकाबारे अन्तक्रिया कार्यक्रम

भैरवी -  दैलेखको भैरवी गाउँपालिकामा बसाइँसराइ न्यूनीकरण गर्न स्थानीय तहको भुमिकाबारे अन्तक्रिया कार्यक्रम गरिएको छ । एइआइएन लक्जेम्बर्गको साझेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालको आयेजनामा उक्त अन्तक्रिया कार्यक्रम गरिएको हो ।

 वडा नम्बर –३ का वडा सदस्य रुद्र प्रसाद तिमिल्सेनाको अध्यक्षतामा गरिएको कार्यक्रममा भैरवी गाउँपालिका वडा नम्बर –३ मा गठित महिला र यूवा क्लबका सदस्यहरुलाई  एक दिने  बसाइँसराइ न्यूनीकरण गर्न स्थानीय तहको भुमिकाबारे स्थानीय  तहका सरोकारवालाहरु संग  अन्तरक्रिया कार्यक्रम गरिएको बताइएको छ । अन्तक्रिया कार्यक्रममा बसाइँसराइको परिभाषा ,यसको प्रकार ,मौसमी बसाइँसराइ,  प्रभाव पार्ने तत्त्व, बलबिवाह, मर्यादित महिनावारी, महिला हिंसा र घरेलुु हिंसा सम्बन्धि छलफल समेत गरिएको थियो । 

प्रतिक्रिया