कोशी कांग्रेस सं‌सदीय दलका नेता थापाले दिए राजीनामा

कोशी कांग्रेस सं‌सदीय दलका नेता थापाले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिनुभएको छ  ।

सत्ता गठबन्धनको निर्णय विपरीत काङ्ग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि नैतिकताको कारण देखाएर उहाँले राजीनामा दिनुभएको हो ।

प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका घटनाक्रमले नैतिक रूपमा दलका नेतामा बस्न उपयुक्त नभएको उहाँले बताउनुभएको छ ।
उहाँले दलको नेताबाट राजीनामा दिए पनि दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिक्रिया