दैलेखका दुइ पालिकामा सक्षम परियोजना संचालन

दैलेखका दुइ पालिकामा सक्षम परियोजना संचालन

 
सुर्खेत –  दैलेखका दुइवटा पालिकामा सक्षम परियोजना संचालन गरिएको छ । यूएनडिपीको साझेदारी सोसेक नेपालद्धारा ठाटीकाँध र गुराँस गाउँपालिकामा संचालन गरिएको हो । 

 गुराँस गाउँपालिकामा यौनिक अल्पसंख्यक र ठाटीकाँध गाउँपालिकामा द्वन्द्व पिडित, दलित र एच।आइभि संक्रमित भएकालाई आय आर्जन तथा सेवा र बस्तुमा पहुँच पुर्याउने उदेश्यले उक्त परियोजना संचालन भएको सोसेक नेपालका परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार  समुह गठन गरि परिचालन गर्ने , छलफल चौतारी, प्रकाशन प्रसारण, किशोरी शिक्षा, व्यवसायिक कृषि तालिम , सामाग्रि र उपकरण सहयोग र जैविक विषादी बनाउने सिप र तालिम का माध्यम बाट व्यवसाय प्रबर्द्धन गर्ने उद्धेश्य रहेको उहाँले बताउनुभयो ।
यस अन्तरगत समन्वय बैठक, न्यायिक समितिसंग बैठक र समुह गठनको क्रियाकलाप सञ्चालन भएको रेग्मीले बताउनुभयो । 

प्रतिक्रिया