समाजवादी पार्टी विद्रोहबाट जन्मेको पार्टी हो : ज्वाला

समाजवादी पार्टी विद्रोहबाट जन्मेको  पार्टी हो : ज्वाला

सुर्खेत –  नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले समाजवादी पार्टी विद्रोहबाट जन्मेको बताउनुभएको छ । वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नयाँ पार्टी भएपनि निर्वाचनमा एकीकृत समाजवादीको उपस्थिति सकारात्मक रहेको उहाँले बताउनुभयो  ।

समाजवादीले समाजवादको उद्देश्य लिएको भन्दै उहाँले यस्ता अभियानहरु अझै सञ्चालन गरिने बताउनुभयो  । अभियान अब गाउँ–गाउँ, बस्तीमा पुग्नेछौँ,उहाँले भन्नुभयो,हिजो एमाले बनाउने पनि हामी हौँ ।

यस्तै उहाँले सुशासन, रोजगारीसहित समृद्धिको समाजवाद ल्याइ छाड्ने उद्घोष गर्नुभयो  । संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका ज्वालाले कर्णालीको विकासमा सरकार अग्रसर भइरहेको बताउनुभयो  । यस्तै उनले कर्णालीको समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताउनुभयो  ।

प्रतिक्रिया