पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा सीता मावि प्रथम

पाँचौँ राष्ट्रपति रनिङ शिल्डमा सीता मावि प्रथम

सिमकोट – खार्पुनाथ गाउँपालिकामा सञ्चालन भएको यस पटकको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ४ को सीता मावि विजेता भएको छ ।

यस पटक विजेता बनेसँगै रनिङ शिल्ड प्रतियोगितामा पाँचौँ पटक विजेता बनेको हो। पाँच वटा माविबीच भएको प्रतियोगितामा सीता मावि यस पटक पनि विजेता बनेको हो। पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्णसहित सीता मावि पाँचौँ पटक विजेता बनेको छ।

त्यसैगरी, प्रतियोगितामा हुम्ला माविले नौ स्वर्णसहित द्वितीय स्थान हासिल गरेको छ भने तीन वटा स्वर्णसहित मान्धारा मावि तृतीया हुन सफल भएको छ।

पाँच वटा मावि रहेको खार्पुनाथ गाउँपालिकाका मालिका र शंकर माविले भने एक एक स्वर्ण पदक प्राप्त गरेका थिए। प्रतियोगितामा विजेता छात्रछात्रालाई पदक, प्रमाणपत्र र पुरस्कार र विद्यालयलाई शिल्ड गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले प्रदान गरेका थिए। चार दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो।

प्रतिक्रिया