गठबन्धनको सरकार कुनैपनि हालतमा ढल्दैन : नेपाल

गठबन्धनको सरकार कुनैपनि हालतमा ढल्दैन : नेपाल

सुर्खेत–   नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने बताउनुभएको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा उहाँले कुनै पनि हालतमा गठबन्धनको सरकार नढल्ने बताउनुभएको हो  ।  

सरकार ढल्छ भनेर कसैले पनि चुरीफुरी धेरै नगर्दा हुन्छ । कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो, उनले भने ।

अध्यक्ष नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको छ  । जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने उहाँले बताउनुभयो  ।

ुनेपालमा भ्रष्टाचार व्याप्त रहेको छ । हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ,उहाँले भन्नुभयो,देशमा भइरहेका बेथितिको विरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने  छ ।

नेपालले विभिन्न कालखण्डमा एमाले‌ पार्टी निर्माण गरिएको बताउनुभयो  । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गर्दै उहाँले भन्नुभयो,२०७४ मा दुई तिहाइको बहुमत आयो तर, जनताको भावना एमालेले बुझ्न सकेन । व्यक्तिगत अहंकारमा लागेर देशलाई दुर्घटनामा लाने काम भयो ।

प्रतिक्रिया