रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्दै
![रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/rsp_3BZfxbyYqI_lhbleo8gkfexj8fyhsfvihmcj0vwsnlhbeqlnnt2y94hyytbx8vhgpuktc1b_j6yZ8s5bwR_qt3ii0eusb23p6cklkewqfgjc3eycjboidq6qie1qafcbpzx5dvhat2htsrl_F2lPoXyu9z_pjq06sinb4my1imnw6fsig2ukw7xlhs4ctfbv2ohlxmpur4izavnap9xhubg_83Bluaa5o8_w8m1xwzyjw4x2fzovez0yzxe7wolrlq2yopschu0ne1i3glndoofwjmge51u.jpg)
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । यही असोज २९ र ३० गते हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ ।
फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले बताउनुभयो । पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ ।
सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो । दोस्रो सत्रमा शिक्षा, नयाँ प्रविधि र युवा विषय रहनेछ । डा।नीति अर्याल, डा.सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देललाई विषय विज्ञका रुपमा आमन्त्रण गरिएको छ ।
पहिलो दिनको तेस्रो सत्रका लागि ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ विषय राखिएको छ । डा सङ्गीता सिंह, डा. अरविन्दकुमार मिश्र, डा.वसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले विषय विज्ञका रुपमा धारणा राख्ने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया