सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का
![सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का](https://snowberry.prixacdn.net/media/gallery_folder/earthquake_mjHFB3J99W_9uozzpyl3pme0hykzbjva7ngf5dfyas4cvpls4tepg6rlqodvvznwpcu75dj_j8L6FyVYDy_gkjkh0yiwuiu0j8gvwxmf5jlz74vwfn09snyfhzl5v74pjn6wr0wy1oqmwah_G93OtsuQ2I_o2jtx8knsgvdzxyt0kpjvrzsrv5ofnteb2c93acscmuva9uvqosxzefuvdpf_2JodTBuezj_7nvebiqi2bme03nbb4fbpr7law37okekamjlg9wcnr4kim8icdordof3k6yx.jpg)
बैतडी – बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको बताउनुभयो ।
भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया