मुसिकोटको खलङ्गामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने

मुसिकोटको खलङ्गामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने

रुकुम–  रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलङ्गामा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ । सल्ले यूथ क्लबले बडा दसैँको अवसरमा असोज ३० गतेदेखि खलङ्गाको बराहटाकुरामा पाँचौँ शिद्ध गुफा गोल्ड कप आयोजना गरेको छ । प्रतियोगिता सेभेन ‘ए’ साइडमा सञ्चालन हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले ६० हजार ९ सय ९९ र उपविजेताले ३० हजार ९ सय ९९ रुपैयाँ र ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक सल्ले यूथ क्लबका अध्यक्ष भागिराम बोहराले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट उदयमान खेलाडी र फेयर प्ले अवार्ड गरी व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिने छ । 

प्रतियोगितामा सहभागिताका लागि असोज २८ गते साँझ ५ बजेसम्म टिम दर्ता गराउन सकिने बताइएको छ । प्रतियोगितामा एक टिममा ७ जना रहने अध्यक्ष बोहराले बताउनुभयो ।

प्रतिक्रिया