आज नेपाल प्रहरीको स्थापना दिवस

आज नेपाल प्रहरीको स्थापना दिवस

नेपाल प्रहरीको आज ६८ औं स्थापना दिवस । दिवसको अवसरमा नेपाल प्रहरीका सबै इकाईहरुमा स्थापना दिवस मनाइँदै छ । २०१२ साल असोज ३१ गते नेपाल प्रहरीको स्थापना थियो । जुन वर्ष असोज महिना ३१ को हुन्छ त्यो वर्ष ३१ गते र अरु वर्षहरुमा असोज ३० गते नेपाल प्रहरीको स्थापना दिवस मनाइन्छ । 

नेपाल प्रहरी ऐन २०१२ असोज ३१ गतेदेखि लागू भएको दिनलाई स्थापना दिवसको रुपमा लिइएको छ । २००७ चैतमा नेपाल प्रहरी संगठनको औपचारिक गठन भएको हो, त्यस बेला तोरणसम्शेर जबराले प्रहरी महानिरीक्षक एक महिना मात्र नेतृत्व गनुभएको थियो । 

ज्ञानबहादुर याक्थुम्बाले २०१० मंसिरदेखि २०१२ भदौसम्म दोश्रो प्रहरी महानिरीक्षक बन्नुभएको थियो, नेपाल प्रहरी ऐन आएको बेला चाहिँ गोपालसम्शेर जबरा प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो । उहाँले २०१२ भदौदेखि २०१३ साउनसम्म एक वर्ष सो पदमा रहनुभएको थियो । 

नेपाल प्रहरीको कानूनी वैधतापछिको हिसावले २७ जना र संगठनको नामाकरणपछिको अनुसार २९ जना प्रहरी महानिरीक्षक बन्नुभएको छ । हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर गएको चैत ११ देखि संगठनको नेतृत्व गरिरहनुभएको । 

२०३९ असारदेखि २०४३ जेठसम्म यो संगठनको नेतृत्व सम्हाल्ने प्रहर महानिरीक्षक दिलबहादुर लामा नेपाल प्रहरीमा सिपाहीदेखि सुरु गरेको जागिर अवधिमा मुख्य नेतृत्वमा पुग्ने उहाँ मात्र हुनुुहुन्छ ।

राणा शासन बिरुद्ध सशस्त्र संघर्षमा सामेल नेपाल काँग्रेसको मुक्ति सेनालाई राणा शासन हटेपछि बनेको सरकारले नेपाल प्रहरीमा माहित गरेपछि उहाँले सिपाहीबाट सेवा जोड्नुभएको थियो । 

२०१२ सालमा सात ५० जनाबाट सुरु भएको नेपाल प्रहरीमा अहिले झण्डै ८० हजार भन्दा बढी जनशक्ति छ । नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गराउन, अपराध रोकथाम तथा सामुदायिक सेवामा काम गर्दै आएको छ । 


 

प्रतिक्रिया