गढीले दिँदै ७९ जनालाई रोजगारी
सुनसरी– गढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ७९ जनालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले पालिकाको सार्वजनिक काममा साँझेदारी गरेर वपन्न नागरिकलाई रोजगारी उपलब्ध गराउन लागेको हो ।
मठ मन्दिर निर्माण, विद्यालयको भवन निर्माण तथा मर्मत, कुलोको सरसफाई, वनमा बोट विरुवा रोप्ने लगायतको काममा रोजगारी दिइने गाउँपालिकाका रोजगार संयोजक कुन्दन कुमार चौधरीले बताउनुभयो ।
उहाँको अनुसार वेरोजगारीमा सुचिकृत भएकामध्ये विपन्न नागरिकहरुलाई सार्वजनिक काममा साँझेदारी गरेर १०० दिने रोजगारी मिलाइने छ ।
यसवर्ष कामदारको ज्याल रकम बढेको तर बजेट भने नबढेर नआउँदा गत वर्षको तुलनामा कम व्यक्तिलाई रोजगारी दिन सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया