सोसेकद्धारा मौरी सहितको आधुनिक घार बितरण

सोसेकद्धारा मौरी सहितको आधुनिक घार बितरण

सुर्खेत –   दैलेखको दुल्लु नगरपालिकामा मौरी सहितको आधुनिक घार बितरण गरिएको छ । डिसिय नेपालको साझेदारी दुल्लु नगपालिकाको समन्वय सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित ग्रिन कर्णाली परियोजना अन्र्तगत उक्त घार बितरण गरिको हो ।

  दुल्लु नगरपालिका वडा न –१ धामिधारा कृषि समूह देउतिचौर र वडा न –२ हरियाली कृषि समूह भाटिमेलेमा समुहका ५ ५ जना कृषकहरुलाई मौरी सहितको आधुनिक घार बितरण गरिएको बताइएको छ ।

 पाँच पाँच वटा आधुनिक मौरी घार, खालि पाँच /पाँच वटा गरि करिब १ सय वटा आधुनिक मौरी घार बितरण गरिएको सोसेक नेपालका कृषि प्राबिधिक हिक्मेन्द माझीले बताउनुभयो । उहाँका अनुसार धुवादानी , मौरी पन्जा ,मौरी ड्रेस , मौरी ब्रस सहित सामाग्रि बितरण गरिएको माझीले बताउनुभयो ।

 दुइवटै वडाका वडा अध्यक्षको अध्यक्षतामा बैठक बसेर वितरण गरिएको थियो । त्यस्तै कृषकहरुलाई एक दिने आधुनिक घारमा मौरी पालन कसरी गर्ने र यसको व्यवस्थापन कसरी गर्ने भन्ने तालिम समेत सन्चालन गरिएको थियो । 

यस क्षेत्रका किसानले पहिले देखि हालसम्म परम्परागत मुडे घारमै मौरी पालन गर्दै आएका थिए ।  सोसेक नेपालबाट आधुनिक मौरी घार पाएपछि अब व्यवसायिक रुपमै मौरीमालनमा होमिने यहाँका मौरीपालक किसानले बताएका छन् । 

मौरीका घार पाएपछि खुशी व्यक्त गर्दै हरीयाली कृषि समुहकि महिला सदस्य रुपकला थापाले भन्नुभयो", "पहिले परम्परागत रुपमा पाल्दै आएका हामीलाई सोसेक नेपालले मौरीका घार उपलब्ध गराउँदा हामी खुशी भएका छौँ ।  पहिला पहिला आधुनिक मौरी घारको नाम मात्रै  सुन्थ्यौँ अहिले त सोसेक नेपालले मेरो घरको आगनमै ल्याएर दिएपछि झनै खुशी छु । त्यस्को लागि सोसेक नेपाललाई धन्यवाद ।" 

प्रतिक्रिया