कोदो बालीको संरक्षण नामक वृत्तचित्र निर्माण अन्तिम चरणमा

कोदो बालीको संरक्षण नामक वृत्तचित्र निर्माण अन्तिम चरणमा

सिमकोट – जिल्लाको स्थानीय रैथाने बालीको रुपमा परिचय पाएको कोदो बाली संरक्षण नाम दिइएको चित्र निर्माण गरिने भएको छ। उक्त बालीको संरक्षण तथा प्रवद्र्धनका लागि वृत्तचित्र निर्माण गरी प्रदर्शन गर्न लागिएको हो।

कृषि विकास कार्यालयका प्रमुख धर्मबहादुर शाहीले जिल्लामा बढी उत्पादनको सम्भावना रहेको कोदो खेतीको संरक्षण, उत्पादनमा वृद्धि, प्रवद्र्धन गर्न र प्रचारप्रसारका लागि वृत्तचित्र तयारीको अन्तिम चरणमा पुगेको बताउनुभयो ।

वृत्तचित्रमा कोदो खेतीदेखि यसको उपभोगसम्मका चरणलाई समेटिने बताउनुभयो । जिल्लामा स्थानीयवासीले कोदोबाट बन्ने परिकारलाई पनि समेटिने भएको छ।

हाल जिल्लामा कोदोलाई कुअन्नका रुपमा हेरिँदै आए पनि यसको फाइदा र उपयोगिताबारे पनि वृत्तचित्रमा समेटिनेछ। कार्यालय र जिल्लामा कृषि क्षेत्रमा काम गर्ने निकायको आर्थिक सहयोगमा पत्रकार महासंघ हुम्ला शाखाले यसको निर्माणका लागि अन्तिम चरणमा पुर्‍याइएको छ ।

महासंघ हुम्लाका सचिव नन्द सिंहले वृत्तचित्रका लागि भिडियो लिने कार्य पूरा भएको र अब इडिटिङको काम मात्र बाँकी रहेको बताउनुभयो । बीस मिनेटको वृत्तचित्रमा जिल्लाबाहिर कोदो निकासी गर्नेका लागि प्रचारप्रसार समेत गरिनेछ ।

प्रतिक्रिया