पहिरो पीडितलाई दशैं खाद्यन्न

दैलेख – हिन्दू धर्मालम्बीहरुको मुख्य चाड दशैंको अवसरमा सोसेक नेपालले नौमूले गाउँपालिका र आठबीस नगरपालिकाका पहिरो पीडित १४ परिवारलाई दशैं खाद्यन्न र कपडा सहयोग दिएको छ । पालिकाहरुको आग्रहमा उक्त सहयोग गरिएको सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा साँसद सीताकुमारी राना र नौमूले गाउँपालिका अध्यक्ष छबिराम सुबेदी लगायतका जनप्रतिनिधिहरुको रोहबरमा शुक्रबार नौमूलेमा र साँसद रानासंगै आठबीस नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा शनिवार राकममा दशैं खाद्यन्न र कपडा सहयोग दिएको हो ।
डीसीएको साझेदारीमा सञ्चालित ग्रीन कर्णाली परियोजना अन्तरगत दिइएको उक्त सहयोगमा प्रति परिवार ५० केजी चामल, एक पेटी तेल, तीन केजी नून, डेढ दर्जन साबुन, हरेक परिवारलाई दुई–दुई वटा कम्बल, तन्ना र सिरानी समेतका सामग्री दिइएको हो ।
पहिरो प्रभावित परिवारलाई दशैंका बेला पाएको यो सहयोगले पहिरो पीडित परिवारहरुलाई ठूलो सहयोग पुगेको भन्दै सहयोगी संस्थाहरुलाई आठबीस नगरपालिकाका पुर्व मेयर खड्गराज उपाध्ययले धन्यवाद दिनुभयो । सहायता पाएपछि दशैं र तिहारलाई खाद्यन्न अभावको चिन्ता हटेको नौमूले गाउँपालिका–४ कालिकाकी मन्धरा सिजालीले खुशी व्यक्त गर्नुभयो ।

जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

गलत गर्ने जुनसुकै होस कारवाही हुनुपर्छ :शाही

पेट्रोलियम अन्वेषणले जगाएको आशा

चामुण्डाविन्द्रासैनी नगरपालिकाको आठौं स्थापना दिवसमा ७ जना कर्मचारी सम्मानित

कर्णाली प्रदेशबाट ३७ हजार विद्यार्थीले एसईई दिदै १८० परिक्षा केन्द तोकिए

प्रतिक्रिया