खान लागेको मासु अड्किएर मृत्यू !
सुन्नुहोस्
Powered by
ONE
दैलेख – खाँदै गरेको मासु अड्किएर दैलेखमा एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर बिकको मृत्यू भएको नौमूले गाउँपालिका–६ का वडासदस्य खगिसरा बिकले जानकारी दिनुभयो ।
आज दिउँसो घरमै आफैले चुल्होमा पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर तत्कालै मृत्यू भएको वडासदस्य बिकले बताउनुभयो । मृतक दलबहादुरका तीन छोरा र एक छोरी छन् ।
सम्झनामा मृतक दलबहादुर (बीचमा उभिएका) परिवारजनका साथ ।
प्रतिक्रिया