धादिङ भूकम्प : २० वटा घरमा पूर्ण क्षति, ७५ वटा घर चर्किए

धादिङ भूकम्प : २० वटा घरमा पूर्ण क्षति, ७५ वटा घर चर्किए

धादिङ – आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका–५ कुमालटारी क्षेत्रका २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।

ज्वालामुखी गाउँपालिका–५ खरीमा बिहान ७ बजेर ३९ मिनेट जाँदा दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी छ । 

पटक–पटक चार रेक्टरस्केलभन्दा माथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेका स्थानीय राजेश अधिकारीले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन भइरहेको बताउनु भयो । 

प्रतिक्रिया