हराएका युवक दुई सातापछि घर पुगे

हराएका युवक दुई सातापछि घर पुगे
सुन्नुहोस्

दैलेख – भारतको सिम्लाबाट दशैं मान्न हिँडेका युवा यात्राको क्रममा हराएको दुई सातापछि घर पुग्नुभएको छ । भगवतीमाई गाउँपालिका–४ मनघरका ४१ वर्षीय धनबहादुर थापा बाटोमै लुटिएपछि बाटो खर्च कमाएर सोमबार परिवारको सम्पर्कमा पुग्नुभएको छ । 

सुर्खेतको बीरेन्द्रनगरपालिका–१२ इत्राममा बस्तै गर्नुभएकी भाउजु कृष्णा थापाको दैलोमा सोमबार दिउँसो ४ बजेतिर देवर धनबहादुरलाई देखेपछि उहाँलाई देवर नै हो कि होइन भनेर ठम्याउनै गाह्रो भयो । ‘खबरै नगरी एकैपटक दैलोमा देखेपछि अक्क न बक्क भएँ’ कृष्णाले भन्नुभयो । 

असोज २३ गते सिम्लाबाट हिँडेकै दिन चण्दीगढ बसपार्कमा पुगेपछि त्यहाँका गुण्डाहरुले नाम थाहा नभएका दुल्लू क्षेत्रका दुई जना र आफूसंग भएको सम्पूर्ण नगद, कपडा, झोला समेत लुटेर एक–अर्कोलाई ४–५ मिनेट अन्तरमा छोडेको कारण लुटिएका अरु साथीहरुसंग भेट हुन पाएन धनबहादुरले ज्वालासन्देशलाई बताउनुभयो । 

कमाएको रकम बैंकबाट पठाएको कारण आफूसंग भएको पाँच हजार भारु नगद लुटेको तर दुल्लूका साथीहरु झण्डै लाख भन्दा बढी लुटानमा परेका उहाँको भनाई छ । लुटिएको दुई दिन काम समेत नपाएर भोकै बसेको र तेश्रो दिनदेखि सात दिन मात्र भैंसी गोठालो गरेर १८ सय भारु कमाएर नेपाल पुगेको धनबहादुर सुनाउनुभयो । 

फोन डायरी, कागजपत्र केही नभएकोले खबरै नगरी पारिवारिक सम्पर्कमा पुगेको उहाँले बताउनुभयो । 'मलाई परिवारको चिन्ता थियो, परिवारजनलाई म हराएको कुराले रोइरहेका होलान् भनेर दशैं भेटाउने गरी म आएँ' खुशीको आसु चुहाउँदै उहाँले भन्नुभयो । 

दुई-चार दिनमा संगै जाम्ला भनेका दाजु रामबहादुर थापासंग जिद्दी गरेर सिम्लाबाट हिँडेको आफू घर नपुग्दा परिवारजन चिन्तामा होलान् भन्ने आफूलाई लागिरहेको थियो धनबहादुरले सुनाउनुभयो । सिम्लाबाट हिँडेका तर घर नपुगेपछि परिवारजनले १० दिनदेखि हरिद्वारदेखि सिम्लासम्म ठाउँठाउँ खोजी गरेको थियो । 

दाजुको घर कर्णाली राजधानी बीरेन्द्रनगरपमा भएकोले सोमबार भाउजु, भतिजा, भतिजीसंग भेटेपछि धनबहादुरकी श्रीमति दुई छोरा, एक छोरी समेत भगवतीमाई गाउँपालिका–४ मनघरमा भएकोले मंगलबार दैलेख घरमा पुगेर दशैंको टीका लगाउने योजना उहाँले सुनाउनुभयाे । 


 

प्रतिक्रिया