मृतकका परिवारलाई दश हजार सहयोग
दैलेख – खाँदै गरेको मासु अड्किएर ज्यान गुमाएका नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका ३९ वर्षीय दलबहादुर बिकको परिवारलाई मृतकका छिमेकी हाल अमेरिकाको क्यालिफोर्नियामा बस्नु हुने समाजसेबी मनेन्द्र चन्द ठकुरीले १० हजार सहयोग गर्नुभएको छ ।
आइतबार घरमै आफैले चुल्होमा पोलेर खाँदै गरेको मासु घाँटीमा अड्किएर धनबहादुरको तत्कालै मृत्यू भएको थियो । मृतक दलबहादुरका चार छोरा र दुई छोरी छन् । मृतक परिवारलाई आर्थिक हिसावले अति विपन्न भएकोले काजक्रिया उठाउन अरु मनकारीहरुको पनि सहयोग चाहिएको मृतकका छिमेकी सागर बिकले बताउनुभयो भयो ।
आर्थिक हिसावले अति विपन्न परिवार त्यही माथि यस्तो विपत्ति परेको बेला छिमेकी समेत भएको कारण मानवीय भावनाले सहयोग गरेको समाजसेबी चन्द ठकुरीले बताउनुभयो । उहाँले २०७२ को भूकम्प, २०७६ मा कोरोना लगायतका विपत्तिको बेला मानवीय सहयोग गर्दै आउभएको छ ।
प्रतिक्रिया