युवाहरुबीच झडपमा एकको मृत्यू

युवाहरुबीच झडपमा एकको मृत्यू

दैलेख – गएराति युवाहरुबीच भएको झडपमा दैलेखमा एक जनाको मृत्यू भएको छ । भैरबी गाउँपालिका–४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यू भएकोे प्रहरीले जानकारी दिएको छ । 

प्राथमिक उपचारपछि राति नै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको त्यहाँ उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिनुभयो ।  

झडपको क्रममा घाइते भएका भैरबी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लू अस्पतालमा पु¥याएकोमा सामान्य उपचार गरी फर्किएका र किशोर बुढा क्षेत्रीलाई थप उपचारका लागि सुर्खेत पठाइएको थियो प्रहरी निरीक्षक आचार्यले भन्नुभयो ।

भैरबी गाउँपालिका–५ सैनचौरस्थित सुराली गएका किशोर बढा क्षेत्री र उनका जेठान सुमन शाहीले सिलङ्गीबजारमा मोटरसाइकल गालीगलौज गर्दै हिंडेको विषयमा स्थानीय युवाहरुसंग विवाद झडप परिणत भएको स्थानीयले बताएका छन् । किशोरको ससुराली र घटनास्थल ८–९ किलोमीटर दूरीमा पर्दछ । 

‘साँझको सयम पारिवारिक जमघट घएको बेला एउटै मोटरसाइकलमा चढेका चार जनाले महिलाहरु देख्यो कि ‘आई लभ यू’ भन्ने, पुरुषहरुलाई आमा चकारेर गाली गर्दै तल्लो सिलङ्गीबजारदेखि माथिल्लो सिलङ्गीबजार पटक पटक आवतजावत गरेका थिए’ स्थानीय शान्ति रिजालले भन्नुभयो । 

घरमा बसिरहेका मान्छेहरुलाई सुन्न नसकिने अपशब्दका गाली गलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडपको स्थिति आएको तर त्यहाँ हामी जान सकेनौं रिजालले सुनाउनुभयो । प्रहरीलाई मैंले नै खबर गरेको थिएँ, प्रहरीले घाइते र मोटर साइकल लिएर गएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको १५० सीसीको निलो रङ्गको पल्सर मोटरसाइल उठाई सिलङ्गी प्रहरी चौकीमा राखेको छ । ज्यान जाने गरी झडपमा संलग्नहरुको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया