मुगु हत्या प्रकरण : शङ्कास्पद एक जना पक्राउ
![मुगु हत्या प्रकरण : शङ्कास्पद एक जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/hatyaa_eNmwbmfbBz_i35n6wpyffqxhixrwyadfmjjuunck7tqwqqekhhlbytqwx2m9gfjzhsaiiv1_ttwPxDCLJu_tngxrslvobz3n86vxygziyme5qlkjjoal1jcumpcgzr3vvwcdkafyg6jgkse.jpg)
मुगु – छायाँनाथ नगरपालिका-६ मा तीन बालबालिकासहित चार जनाको शंकास्पद हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
आइतबार नियन्त्रणमा लिइएको ती व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतका अनुसार सोधपुछका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
अहिलेसम्म घटनाको विषयमा कुनै क्लूु भने पत्ता नलागेको उहाँले बताउनुभयो । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित विशेष टोलीमा खटिएको छ ।
शुक्रबार छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।
प्रतिक्रिया