वैदेशिक रोजगारीका लागि परामर्श

तेह्रथुम – आठराई त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६९ जना युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिने भएको हो ।
गाउँपालिकाका रोजगारी शाखाका संयोजक प्रेम सिंह गुरुङका अनुसार पालिकामा बेरोजागरीमा सूचीकृत भएका युवालाई प्राथमिकताको आधारमा १०० दिने रोजगारी दिन लागेको हो । सोका लागि संघीय सरकारबाट बजेट विनियोजन गरेको बताउनुभयो ।
बेरोजगार युवालाई सिढिँ निर्माण गर्ने, भवन निर्माण गर्ने तथा सिलिङ गर्न लगाउने बताउनुभयो । साथै गाउँपालिकाले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क परामर्श दिँदै आएको उहाँले बताउनुभयो । तर वैदेशिक रोजगारीबाट फर्केका युवाको लागि कुनै कार्यक्रम नल्याएको उहाँको भनाइ छ ।
प्रतिक्रिया