राससकर्मी रावत पुरस्कृत

राससकर्मी रावत पुरस्कृत

जुम्ला –   स्वः दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार जुम्लाका क्रियाशील पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) जुम्लाका सम्वाददाता विजय रावतलाई प्रदान गरिएको छ ।

दलित समुदायबाट कक्षा ८सम्म अध्ययनरत एकमात्र  स्व दीपबहादुर कामीको सम्झनामा उहाँका जेष्ठ पुत्र शुभाकर विश्वकर्माले स्थापना गर्नुभएको सो पुरस्कार  आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई प्रदान गरिएको हो । स्वःदीपबहादुर स्मृति प्रतिष्ठानले हरेक वर्ष जुम्ला र बाँके जिल्लाका क्रियाशील पत्रकारलाई रु दस हजार राशीको उक्त पुरस्कार वितरण गर्दै आएको छ । 

कार्यक्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईं र नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले सो पुरस्कारले विकट स्थानमा बसेर पत्रकारिता गरिहेकालाई हौसला दिने काम गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया