पहिलाे पटक चौरजहारीमा नगर बस सञ्चालन

पहिलाे पटक चौरजहारीमा नगर बस सञ्चालन

रुकुम पश्चिम –  चौरजहारी नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्वर १४ स्थित तिमिलेको रागेचौरमा सोमबार पहिलोपटक नगर बस  सेवा सञ्चालनमा ल्याएको हो । 

कर्णाली प्रदेश ०२-००१ ख ०१७९ नम्बरको नगरबस सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ । चौरजहारीको बस पार्कबाट कोटजहारी, जोगिनेटा हुँदै तिमीले रागेचौर सम्मको रुटमा बस सेवा सञ्चालन भएको हो ।

साँघुरो सडकको कारण लामो समयदेखि यातायात सञ्चालन हुनसकेको थिएन । बर्षात सकिएसँगै नगरपालिकाको डोजरले सडक बिस्तार गरेपछि पहिलोपटक गाउँमा गाडी पुगेको जनाइएको छ । 

सर्वसाधारणहरुका लागि यातायातको पहुँच पुर्याउन नगर बस सञ्चालनमा ल्याईएको नगरप्रमुख पुष्प बादीले बताए । पालिकाको दुर्गम वडामा  रहेका नगरबासीलाई सधैं सेवा दिने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो । पहिलोपटक गाउँमा गाडी पुगेको उपलक्ष्यमा स्थानीयले चालक जितबहादुर बुढाथोकीलाई स्थानीयले फूलमालाले स्वागत गरेका छन् ।

उक्त रुटमा नगरबस बिदाको दिन बाहेक दैनिक बिहान ७ बजे  तिमीलेबाट चौरजहारीसम्म छुट्ने र बेलुका चौरजहारीबाट साढे दुई बजे फर्कने जनाईएको छ । 

प्रतिक्रिया