आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

काठमाडौं –   आज बिहीबारदेखि सरकारी कार्यालयको सेवा ४ बजे नै बन्द हुने भएको छ । कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ।

यसैअनुसार बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुनेछ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन्।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।

प्रतिक्रिया