संसद्को चालु अधिवेशन अन्त्य

संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौँ –   संसद्को चालु अधिवेशन अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउँदै संसद्को अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । 

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/७/१६ को सिफारिसमा सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८० साल कात्तिक १६ गते राति १२ बजेदेखि अन्त्य गरेको छु’, सभामुखले राष्ट्रपतिको पत्र सुनाउँदै सदनलाई जानकारी दिए ।

प्रतिक्रिया