बाल सुधार गृह नै सुधारको आवश्यकता

बाल सुधार गृह नै सुधारको आवश्यकता
सुन्नुहोस्

काठमाण्डाैं –  प्रतिनिधिसभाका साँसद सीताकुमारी रानाले नेपालका ८ स्थानमा सञ्चालित बाल सुधार गृहहरुको व्यवस्थापकीय पक्ष सुधार गरी बाल सुधार गृहमा संरक्षित बालबालिकाहरूलाई उज्ज्वल भविष्यप्रति आश्वस्त गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम (युसेप) नेपालद्वारा सञ्चालित ४ वटा र नेपाल सरकारद्वारा ४ वटा समेत ८ स्थानमा सञ्चालित बाल सुधार गृहमा ११ सय जना संरक्षित रहेको जानकारी गराउदै संसदमा बिहीबार उहाँले बाल सुधार गृह नै सुधारको आवश्यकता औल्याउनुभएको हो । 

साँसद रानाले महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालयले छुट्याएकाे १ करोड रकम अप्रयाप्त भएको कारण बाल सुधार गृहमा शिक्षा आर्जन, सीप र ज्ञान हासिल गर्न नसकेको, बालबालिकालाई सुत्ने वेड, शौचालय सरसफाइको अभाव, पोषिलो खानाखाजा समेत नपाउँदा विरामी पर्ने गरेको, बिरामी पर्दा अस्पताल लैजाने एम्वुलेन्स अभाव रहेको समस्या दर्शाउनुभयो । 

उहाँले बालबिज्याइँमा परी बाल सुधार गृहमा संरक्षित राखिएका बालबालिकालाइको उचित हेरचाह, सुरक्षा र सकारात्मक भावनाको विकास गर्न दक्ष जनशक्तिको आवश्यकता औल्याउदै बालबालिकाले आफूबाट भएको गल्तीको पश्चाताप, भविष्यमा अपराध घटनामा संलग्न नहुने दृढता र उज्ज्वल भविष्यको संकल्प गर्न सक्ने बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो । 


 

प्रतिक्रिया