आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि
![आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि](https://snowberry.prixacdn.net/media/gallery_folder/khop_AC64Wyjd7l_ytu3jr9kpmwgdjoyr8qhhgi7f1w9ml0kbdil6i4nfl9ogwlxew2zymbvud76_ifks8RV8Aa_oorecnreccw3agdqtv5kxsfbijamkmni9iglvy3uoiyfggsarbfndi0yl7fn.jpg)
काठमाण्डाै - सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन गर्ने भएको छ ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।
प्रतिक्रिया