भूकम्प अपडेट : थप ४ जनाको मृत्यु, मृतक सङ्ख्या १ सय ३६ पुग्यो
सुर्खेत – भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा थप ४ जनाको मृत्यु भएको छ । जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको छ ।
जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।

लोप हुदै परम्परागत गहना

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

प्रतिक्रिया