भूकम्प प्रभावित क्षेत्रमा सरकारले अभिभावकत्व प्रदान गर्न आग्रह

भूकम्प प्रभावित क्षेत्रमा सरकारले अभिभावकत्व प्रदान गर्न आग्रह

जाजरकाेट - चिसो समय पसिसकेको मौसम बेला भूकम्पले जाजरकाेट र रूकुमपश्चिम जिल्लामा सबैजसो घरहरु भत्किएका र भूकम्पका पराकम्पनहरुले दिएको त्रासदीले नागरिकहरु घरभित्र पस्न डराइरहेकोका अवस्थाले बाँचेका नागरिकहरुको अल्पकालिन बासको प्रवन्ध गर्न तीन वटै तहसंग सोसेक नेपालले आग्रह गरेको छ । 

नागरिकहरु खुला ठाउँमा बस्न बाध्य भएको कारण प्रयाप्त टेण्ट, खाद्यन्न, भाँडाकुँडा, लत्ता कपडा लगायतका राहत सामग्री आवश्यकता दर्शाउदै घाइतेहरुको उपचारमा सम्वेदनशील भई अभिभावकत्व प्रदान गर्न सोसेक नेपालले शनिबार प्रेस विज्ञप्ती मार्फत उक्त आग्रह गरको हो ।  

हिजो कात्तिक १७ गते राति ११ बजेर ४७ मीनेटको समयमा जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरको भूकम्पमा परी जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका उपमेयर सरिता सिंह सहित ज्यान गुमाउनु भएको थियो ।  

अहिलेसम्मको तथ्यांक अनुसार जाजरकोट र छिमेकी जिल्ला रुकुमपश्चिमका १३८ जनाले भूकम्पबाट ज्यान गुमाएका र छिमेकी जिल्लाका समेत गरी झण्डै दुई सय नागरिक घाइते भएका भन्ने नेपाल प्रहरीले सूचना अध्यावधिक गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभावित क्षेत्रमा पुगी अवस्थाको अवलोकन गरी फर्किनुभएको, कर्णाली प्रदेश सरकार, स्थानीय तहबाट भएका राहत तथा उद्धारको तत्परताप्रति प्रशंसा गर्दै विपदको समयमा दिइने राहत तथा पुनस्र्थापन सहयोगहरुलाई जोखिममा रहेका बस्ती, समुदाय र प्रभावित व्यक्तिहरुलाई सुव्यवस्थित बनाउन सोसेक नेपालले सुझाव दिएको छ ।

सोसेक नेपालले ७५ परिवारलाई टेण्ट, पीफम, खाद्यबस्तु, लत्ता कपडा, सरसफाई सामग्री सहयोग विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने योजनाको सहित सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापा नेतृत्वका टोली प्रभावित क्षेत्र पुगेको छ ।

सोसेक नेपालले संस्थाले सञ्चालन गरिरहेको भे १ च २५०६ नम्बरको एम्बुलेन्स प्रभावित क्षेत्रमा पठाउने निर्णय अनुसार शनिबार विहानै प्रभावित क्षेत्रमा पठाएर घाइतेहरुको उद्धार तथा उपचारमा खटिएको जनाइएको छ ।  
 

प्रतिक्रिया