भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा शोक दिवस

भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा शोक दिवस
सुन्नुहोस्

सुर्खेत – कर्णाली प्रदेश सरकारले आइतबार शोक दिवस घोषणा गरेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषदको वैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झनामा शोक दिवस घोषणा गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले जानकारी दिनुभयो । शोक मनाउन भनिएको हो सार्वजनिक विदा होइन उहाँले प्रष्ट्याउनुभयो । 

‘राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, सामान्य प्रभावित पालिकाहरुलाई पाँच लाख देखि २५ लाख रुपैंया सम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको मन्त्री बीसीले जानकारी दिनुभयाे । यस्ता पालिका प्रदेश भरिमा नौ ओटा रहेका छन् । 

‘पीडितहरुलाई पुर्नस्थापना गर्न सरकारले कुनै कसर वाँकी नराख्ने निर्णय गरिएको छ’ मन्त्री बीसीले भन्नुभयो । आपतकालिन राहतलाई व्यवस्थित गर्ने, यथार्त तथ्यांक संकलन गर्ने र छिटो भन्दा छिटो पुर्ननिर्माण कार्यमा तत्परता दिइने उहाँले बताउनुभयो । 

प्रतिक्रिया