मेधावी विद्यार्थीहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम

मेधावी विद्यार्थीहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम

समुन्नत नेपालसंगको साझेदारीमा तथा सोसेक नेपालको आयोजनामा युवाका लागि मेधावी विद्यार्थीहरुका लागि प्रशिक्षक प्रशिक्षण सम्वन्धी ४ दिने तालिम आइतबारदेखि दुल्लु सुरु भएको छ । विद्यालयमा सहकर्मी साथीहरुलाई ४२ हप्तासम्म ४२ शेसनमा सञ्चालन तरिका बारे सिकाइने तालिमको उद्देश्य छ ।  

लैंगिकता अभिमुखीकरण तथा जीवन उपयोगी सिप र बित्तीय शिक्षा कार्यक्रम कार्यान्वयनका सवालमा प्रशिक्षित गराइने सोसेक नेपालको सहकार्य परियोजनाका कार्यक्रम संयोजक जीवराज रेग्मीले जानकारी दिनुभयो । 

तालिममा दुल्लूका ४  र ठाटीकाँध गाउँपालिकाका ४ गरी ८ विद्यालयबाट ३० जना मेधावी बालबालिकाको सहभागिता रहेको छ । तालिमको सहजीकरण समुन्नत नेपालका निर्देशक पवन अधिकारी र छबि चौलागाईले गरिरहनुभएको बताइएको छ । 

प्रतिक्रिया