बालमैत्री वातावरण सुचक सम्बन्धी अभिमुखीकरण

बालमैत्री वातावरण सुचक सम्बन्धी अभिमुखीकरण

एईआईएन लक्जेम्वर्गको साझेदारी, भैरबी गाउँपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा भैरबी गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाका लागि बालमैत्री वातावरण सुचक सम्बन्धी एक दिने  अभिमुखीकरण सम्पन्न भएको छ । 

भैरबी गाउँपालिका देबी भण्डारी, कार्यपालिका सदस्य, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत लगायत महिला  प्रमुख, शिक्षा शाखा प्रमुख, शिक्षक, अभिभावक, महिला समूह, बलक्लवका पदाधिकारी समेत सहभागीलाई बालमैत्री स्थानीय शासन अवधारणा विषयमा अभिमुखीकरण गरिएको युवा अभियन्ता सम्झना थापाले जानकारी दिनुभयो । 

बलबालिकामा लगानीको प्रत्याभूती, बालमैत्री शासनको अभ्यास, बाल अधिकारको प्रत्याभूती, विद्यालय र परिवारमा बालबालिको निम्ति बालमैत्री वातावरण निर्माण गर्न सरोकारवाला स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाका भूमिका, त्यसका लागि समन्वय र सहकार्य विषयमा अभिमुखीकरण केन्द्रित थियो । 
 

प्रतिक्रिया