जाजरकोटको रामीडाँडामा फेरि भूकम्प

जाजरकोटको रामीडाँडामा फेरि भूकम्प

जाजरकोट – जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ । आज सोमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शुक्रवार राति ६ दशमलव ४ रेक्टरको भूकम्पछि झण्डै साढे तीन सय साना पराकम्पनहरु गए पनि चार रेक्टर माथिका ९ वटा मध्ये यो नै दोश्रो ठूलो धक्का हो । शुक्रबारको भूकम्पले चर्किएका घरहरु भत्किएका, भागदौडमा केही संख्यामा घाइते भएका प्र्रहरीले जनाएको छ ।

शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा १ सय ५७ जनाको मृत्यू भएको छ । शुक्रवारको भूकम्पमा झण्डै चार सय घाइतेहरू मध्ये अढाइ सय घाइतेहरूकाे  सुर्खेत र नेपालगञ्जमा उपचार चलिरहेकाे छ । 

प्रतिक्रिया