गुल्मीमा किशोरीको बलात्कारपछि हत्या

गुल्मीमा किशोरीको बलात्कारपछि हत्या

गुल्मी – गुल्मीमा १५ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएकाे छ । घटनामा संलग्न  बाँकेको खजुरा गाउँपालिका–७ घर भई अहिले गुल्मीको चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

आरोपित खाँले चन्द्रकोट–५ मा बसोबास गर्दै आएकी बाग्लुङको बरेङ गाउँपालिका–३ कि किशोरीलाई बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । किशोरीको शव गएको शुक्रवार चन्द्रकोट–४ हुग्दी खोलामा फेला परेको थियो ।

पक्राउ परेका खाँलाई गुल्मी जिल्ला अदालतबाट कर्तव्य ज्यान र करणी सम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक (एसपी) प्रधानले जानकारी दिनुभयो ।

ती किशोरी आमासँग कोठा भाडामा चन्द्रकोटमा बस्दै आएकी थिइन् । शुक्रवार दिउँसो खेतमा काम गरिरहेका खेतालालाई सुर्ती किन्नका लागि बजार निस्किएपछि उनी बेपत्ता भएकी थिइन् । किशोरीको हत्यारालाई सार्वजनिक गरी कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसँगै जिल्लाका अधिकारकर्मीले माग राखेका छन् । 

प्रतिक्रिया